bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 21
2 Chronicles 21
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 22 →
1
यहोशापात मरे र दाऊदका सहरका राजाहरू गाडिने चिहानमा गाडिए अर तिनको छोरो यहोराम त्यसपछि राजा भए।
2
यहोशापात राजाको छोरो यहोरामका छ जना भाइहरू थिए— अजर्याह, यहीएल, जकरिया, अजर्याह, मिखाएल र शपत्याह।
3
तिनीहरूका बुबाले तिनीहरूलाई धेरै मात्रामा सुन, चाँदी र अरू बहुमूल्य थोकहरू दिए र यहूदाका एक-एक सुरक्षित सहरको कार्यभार सुम्पे तर यहोराम जेठा छोरा थिए र यहोशापातले आफू मरेपछि तिनलाई राजा हुन चुने।
4
यहोरामले राज्य बलियो गरी हातमा लिएपछि आफ्ना सबै भाइहरू र केही इस्राएली भारदारहरूलाई पनि मारे।
5
बत्तीस वर्षको उमेरमा यहोराम राजा भए र तिनले यरूशलेममा आठ वर्ष राज्य गरे।
6
उनी आहाब राजा र अरू इस्राएली राजाहरूका दुष्ट चालमा चले किनभने उनले आहाबकी एउटी छोरीलाई विवाह गरेका थिए। उनले परमप्रभुको विरुद्धमा पाप गरे,
7
तर परमप्रभुले दाऊदका राज वंशलाई नाश गर्ने इच्छा गर्नुभएन किनभने उहाँले दाऊदसित करार बाँधेर तेरा वंशले सदैव राज्य गर्नेछ भनी प्रतिज्ञा गर्नुभएको थियो।
8
यहोरामको शासनकालमा एदोमले यहूदाको विरुद्धमा विद्रोह गर्यो र एउटा स्वतन्त्र राज्य भयो।
9
यसकारण यहोराम र उनका अधिकृतहरूले रथ लिएर गई एदोममाथि आक्रमण गरे। एदोमी सेनाले तिनीहरूलाई त्यहाँ घेरे तर राती तिनीहरू घेरा तोडेर भागे।
10
त्यहाँदेखि एदोम सधैँको निम्ति यहूदाबाट स्वतन्त्र भई बसेको छ। त्यही बेला लिब्ना सहरले पनि विद्रोह गर्यो किनभने यहोरामले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए।
11
उनले यहूदाका डाँडाहरूमा मूर्तिपूजा गर्ने स्थानहरू बनाए र यहूदा र यरूशलेमका मानिसहरूलाई परमप्रभुको विरुद्धमा पाप गर्न लाए।
12
एलिया अगमवक्ताले यहोरामलाई एउटा चिट्ठी पठाए। त्यसमा यस्तो लेखिएको थियो, “परमप्रभु तिम्रा पुर्खा दाऊदका परमेश्वरले तिमीलाई दोषी ठहराउनुहुन्छ किनभने तिमीले तिम्रा बुबा यहोशापात राजा वा तिम्रा बाजे आसा राजाका चालमा चलेनौ।
13
त्यसका सट्टामा तिमीले इस्राएलका राजाहरूका चालमा हिंड्यौ र आहाब र उनीपछिका इस्राएली राजाहरूले इस्राएल देशलाई अविश्वासयोग्य बन्न डोर्याएझैँ यहूदा र यरूशलेमका मानिसहरूलाई परमेश्वरको विरुद्धमा अविश्वासयोग्य बनायौ। तिमीले आफ्ना भाइहरूको पनि हत्या गर्यौ। तिनीहरू तिमीभन्दा असल थिए।
14
फलस्वरूप परमेश्वरले तिम्रा प्रजा, बालबच्चा र स्वास्नीहरूलाई कडा सजाय दिनुहुनेछ र तिम्रा धन-सम्पत्ति नाश गर्नुहुनेछ।
15
तिमी आफैंले आन्द्राको कष्टदायक रोगको पीर खप्नुपर्नेछ र रोग दिन-दिनै बढेर जानेछ।”
16
समुद्रको किनारमा केही कूशीहरू बास गरेका ठाउँनिर केही पलिश्ती र अरबीहरू पनि बास गर्थे। तिनीहरूलाई परमप्रभुले यहोरामको विरुद्धमा लडाइँ गर्न उक्साउनुभयो।
17
तिनीहरूले यहूदामाथि आक्रमण गरे, राजाको महल लुटे र उनका कान्छा छोरा अहज्याहबाहेक अरू सबै छोरा र स्वास्नीहरूलाई कैद गरी लगे।
18
यी सबै भएपछि परमप्रभुले राजालाई आन्द्राको एउटा कष्टदायक रोग ल्याइदिनुभयो।
19
झण्डै: दुई वर्षसम्म त्यो रोग बढेर गयो र अन्तमा राजा त्यसको पीडाले मरे। उनका प्रजाले उनका पिता-पुर्खा मर्दा गरेझैँ उनको शोकमा आगो बालेनन्।
20
यहोराम बत्तीस वर्षको छँदा राजा भएका थिए र उनले आठ वर्ष यरूशलेममा राज्य गरेका थिए। उनी मर्दा कसैले शोक गरेन। तिनीहरूले उनको लाश दाऊदको सहरमा त गाडे तर राजाहरू गाडिने चिहानमा राखेनन्।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36