bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 33
2 Chronicles 33
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 32
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 34 →
1
यहूदाका राजा हुँदा मनश्शेको उमेर बाह्र वर्षको थियो र उनले यरूशलेममा पचपन्न वर्ष राज्य गरे।
2
परमप्रभुले आफ्ना प्रजाको सामुन्ने धपाउनुभएका जातिहरूका घिनलाग्दा काम-कुराहरू गर्दै मनश्शेले परमप्रभुको विरुद्धमा पाप गरे।
3
आफ्ना बुबा हिजकियाले नष्ट गरेका मूर्ति, आराधना गर्ने ठाउँहरू उनले फेरि बनाउन लगाए। बाल देवताको आराधना गर्न उनले वेदीहरू बनाए, अशेरा देवीका मूर्तिहरू बनाए र ताराहरूको पूजा गरे।
4
मूर्तिपूजा गर्नेहरूको लागि उनले मन्दिरका वेदीहरू बनाए, जुन मन्दिरमा सदासर्वदा मेरो आराधना हुनेछ भनी परमप्रभुले भन्नुभएको थियो।
5
मन्दिरका दुई आँगनमा उनले ताराको पूजा गर्ने वेदीहरू बनाए।
6
उनले आफ्ना छोराहरूलाई बेन-हिन्नोमको बेसीमा होमबलि चढाए। उनले जोखना हेराउँथे, जादूगरी चलाउँथे, ज्योतिषी र प्रेत-आत्मा खेलाउनेहरूको सल्लाह लिन्थे। उनले परमप्रभुको विरुद्धमा ज्यादै पाप गरे र उहाँको क्रोध जगाए।
7
उनले मन्दिरमा एउटा मूर्ति राखे, जुन मन्दिरबारे परमप्रभुले दाऊद र उनका छोरा सोलोमनलाई यसो भन्नुभएको थियो, “यहाँ यरूशलेममा यस मन्दिरमा त्यो स्थान छ, जुन मैले इस्राएलका बाह्रै कुलका जम्मै भू-भागका बीचबाट मेरो आराधना गरिने स्थान चुनेको छु।
8
इस्राएलका मानिसहरूले मेरा सबै आज्ञाहरू पालन गरे र मेरो सेवक मोशाले दिएका सम्पूर्ण नियमहरू माने भने मैले तिनीहरूका पिता-पुर्खालाई दिएका देशबाट म तिनीहरूलाई धपाउन दिनेछैनँ।”
9
मनश्शेले यहूदाका मानिसहरूलाई ठूला-ठूला पापहरू गर्न लाए। ती पाप परमप्रभुले आफ्ना प्रजाको सामुन्ने नाश गर्नुभएको जातिहरूका पापभन्दा पनि ठूला थिए।
10
परमप्रभुले मनश्शे र उनका प्रजालाई दिनुभएको चेतावनी तिनीहरूले सुनेनन्।
11
यसर्थ परमप्रभुले अश्शूरी सेनालाई यहूदामाथि हमला गर्न दिनुभयो। तिनीहरूले मनश्शेलाई पक्रे, अँकुसे लाएर साङ्लाले बाँधे र बेबिलोनमा लगे।
12
कष्टमा परेर उनी नम्र भए, परमप्रभु आफ्ना परमेश्वरतिर फर्के र मद्दतको लागि उहाँलाई बिन्ती गरे।
13
परमेश्वरले मनश्शेको प्रार्थना ग्रहण गर्नुभयो र प्रार्थनाको उत्तरमा उनलाई यरूशलेममा फर्काएर फेरि राज्य गर्न दिनुभयो। त्यसले गर्दा परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी मनश्शेलाई विश्वास भयो।
14
त्यसपछि मनश्शेले दाऊदको सहरको पूर्वपट्टिको बाहिरी पर्खाल अझ अग्लो बनाए। बेसीमा गीहोन खोलाछेउबाट उत्तरमा माछा भनिने मूल-ढोकासम्म र ओफेल सहरको सम्पूर्ण क्षेत्रमा तिनले पर्खाल अझ अग्लो पारे। यहूदाका प्रत्येक सुरक्षित सहरमा तिनले एकएक जना फौजी अधिकृतको अधीनमा एक-एक दल सिपाहीहरू राखे।
15
उनले मन्दिरबाट अन्यजातिका देवताहरूको आफूले बनाएर राखेको मूर्ति र मन्दिर बनिएको डाँडा र यरूशलेमका अन्य ठाउँबाट मूर्ति पुज्नेहरूका वेदीहरू हटाए। ती सबै उनले सहरबाट बाहिर लगी फ्याँकिदिए।
16
परमप्रभुको आराधना गरिने वेदी पनि उनले मरमत गरे र त्यसमाथि मेलबलि र धन्यवाद बलिहरू चढाए। परमप्रभु इस्राएलका परमेश्वरलाई पुज्न उनले यहूदाका सबै मानिसहरूलाई आज्ञा दिए।
17
मानिसहरूले अन्य आराधना-स्थलहरूमा बलिदान चढाउन नछोडे पनि ती बलिदानहरू केवल परमप्रभुलाई मात्र चढाउँथे।
18
मनश्शेले गरेका अरू सबै काम उनले आफ्ना परमेश्वरलाई चढाएका प्रार्थना र परमप्रभु इस्राएलका परमेश्वरका नाउँमा अगमवक्ताहरूले उनलाई भनेका वचनहरू इस्राएलका राजाहरूका इतिहासमा लेखिएका छन्।
19
राजाको प्रार्थना र परमप्रभुको उत्तर: पश्चात्ताप गर्नुअघि तिनले गरेका पापहरू, तिनले गरेका दुष्कर्म, बनाएका मूर्तिपूजा गर्ने वेदी र अशेरा देवीका मूर्तिहरू र पुजेका देव-देवताहरूको बयान अगमवक्ताहरूका इतिहासमा लेखिएको छ।
20
मनश्शे मरे र राजमहलमा गाडिए। तिनीपछि तिनका छोरा आमोन राजा भए।
21
आमोन यहूदाका राजा हुँदा बाईस वर्ष पुगेका थिए र उनले दुई वर्ष यरूशलेममा राज्य गरे।
22
उनको बुबा मनश्शेले झैँ उनले परमप्रभुको विरुद्धमा पाप गरे र आफ्ना बुबाले पुजेका मूर्तिहरू पुजे।
23
तर बुबाझैँ उनी नम्र भएर परमप्रभुतिर फर्केनन्। उनी आफ्ना बुबाभन्दा अझै पापी भए।
24
आमोनका भारदारहरूले उनको विरुद्धमा जाल रचे र महलमा उनको हत्या गरे।
25
यहूदाका मानिसहरूले आमोनका हत्याराहरूलाई मारे र उनका छोरा योशियाहलाई राजा बनाए।
← Chapter 32
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 34 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36