bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 8
2 Chronicles 8
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 9 →
1
सोलोमनले परमप्रभुको मन्दिर र आफ्नो महल बनाउन बीस वर्ष लगाए।
2
सोलोमनले आफूलाई हीरामले दिएका सहरहरू फेरि बनाए र इस्राएलका मानिसहरूलाई त्यहाँ बसाले।
3
तब उनी हमात-सोबामा गए र त्यो आफ्नो अधीनमा लिए।
4
उनले उजाड-भूमिमा तदमोर सहर बनाए अनि हमातमा भएका सबै भण्डारका सहरहरू बनाए।
5
उनले माथिल्लो र तल्लो बेथ-होरोनलाई पनि पर्खालले घेरेर त्यसमा मूल-ढोका र आग्लाहरू लगाए
6
अनि बालात र तिनीसँग भएका सबै भण्डार राख्ने सहरहरू, उनका रथ र घोडचढी सेनाहरू राख्ने सहरहरू सोलोमनले बनाए। आफूले चिताएअनुसार सबै घर इत्यादि कुराहरू उनले यरूशलेम, लेबनान र आफ्ना सारा राज्यमा बनाए।
7
[7-8] कनान देश जित्दा इस्राएलीहरूले नमारेका कनानवासीहरूका सबै सन्तानलाई सोलोमनले बेगारी काममा लगाए। तिनीहरू हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरू थिए, जसका सन्तानहरू आजसम्म कमारा-कमारी नै छन्।
9
इस्राएलीहरूलाई बेगारी काममा लगाइँदैनथ्यो। तिनीहरूले सिपाही, अधिकृत, रथका कप्तान र घोडचढी सेनामा काम गर्थे।
10
यी दुई सय पचास जनाचाहिँ मानिसहरूको रेख-देख गर्ने अधिकृतहरू थिए।
11
सोलोमनले मिश्रका राजाकी छोरी आफ्नी रानीलाई दाऊदको सहरबाट सारेर आफूले ती रानीको निम्ति बनाएको महलमा राखे। तिनले भने, “यिनी दाऊदको महलमा बस्नेछैनन् किनभने जुन ठाउँमा करारको सन्दुक राखिन्छ, त्यो पवित्रस्थान हो।”
12
मन्दिरअघि बनाएको वेदीमा सोलोमनले परमप्रभुको निम्ति होमबलिहरू चढाए।
13
हरेक पवित्र दिन अर्थात् विश्रामका दिन, औँसीका रात, तीन वटा वार्षिक चाडहरू अर्थात् अखमिरी रोटी, कटनी र छाप्रोबासको चाडका समयमा तिनले मोशाको व्यवस्थामा तोकिएअनुसार होमबलिहरू चढाउँथे।
14
उनले पूजाहारीहरू र तिनीहरूलाई भजन गाउन र सेवा कार्यमा सघाउने काममा लगाउँथे। आफ्ना पिता दाऊदले बनाएका नियमअनुसार उनले मन्दिरका पहरेदारहरूलाई भाग-भाग गरेर परमेश्वरका जन दाऊदका आज्ञाअनुसार दिन-दिनको काममा लगाउँथे।
15
भण्डार कोठाहरू र अरू विषयबारे दाऊदले पूजाहारी र लेवीहरूलाई दिएका आदेशहरू एक-एक गरी पालन गरिन्थे।
16
यस बेलासम्ममा सोलोमनले सबै योजनाहरू गरिसिध्याएका थिए। परमेश्वरको मन्दिरको जग बसाल्ने कामबाट सुरु गरी मन्दिर बनाई सकुञ्जेलसम्मका सबै काम उनले राम्ररी गरिसकेका थिए।
17
त्यसपछि सोलोमन एदोम देशमा लाल समुद्रको किनारमा भएका सहरहरू एस्योन-गेबेर र एलातमा गए,
18
हीराम राजाले आफ्ना अधिकृत र अनुभवी नाविकहरूका साथमा उनलाई जहाजहरू पठाइदिए। सोलोमनका अधिकृतहरूका साथमा तिनीहरू ओपीर देशमा गए र त्यहाँबाट पन्ध्र हजार किलोग्रामभन्दा धेरै सुन सोलोमन राजालाई ल्याएर दिए।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36