bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 29
2 Chronicles 29
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 30 →
1
पच्चीस वर्षको उमेरमा हिजकिया यहूदाका राजा भए र यरूशलेममा उनन्तीस वर्ष राज्य गरे। उनकी आमा जकरियाकी छोरी अबिया थिइन्।
2
आफ्ना पुर्खा दाऊद राजाका चालमा हिंडेर उनले परमप्रभुलाई प्रसन्न गराउने काम गरे।
3
हिजकिया राजा भएपछि पहिलो वर्षको पहिलो महिनामा उनले मन्दिरका मूल-ढोकाहरू खोजेर त्यसको मरमत गर्न लाए।
4
उनले एक दल पूजाहारी र लेवीहरूलाई मन्दिरको पूर्वपट्टिको आँगनमा भेला गरे
5
र त्यहाँ तिनीहरूसित कुरा गरे। उनले भने, “तिमी लेवीहरू! आफैंलाई पवित्र गरी परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वरको मन्दिरलाई शुद्ध गर्नुपर्नेछ। मन्दिरलाई अपवित्र गराउने हरेक थोक हटाओ।
6
हाम्रा पुर्खाहरू परमप्रभु हाम्रा परमेश्वरप्रति अविश्वासयोग्य भए र उहाँलाई अप्रसन्न गराउने काम गर्थे। तिनीहरूले उहाँलाई त्यागे र उहाँका बासस्थानतर्फ आफ्ना पिठ्युँ फर्काए।
7
तिनीहरूले मन्दिरका ढोकाहरू बन्द गरे, दियोहरू निभ्न दिए र इस्राएलका परमेश्वरको मन्दिरमा धूप बाल्न वा होमबलिहरू चढाउन छोडे।
8
यसकारण परमप्रभु यहूदा र यरूशलेमसित रिसाउनुभयो र तीमाथि उहाँले जे हुन दिनुभयो, त्यसमा सबै तर्से र बिचलित भए। यो कुरा तिमीहरू राम्ररी जान्दछौ।
9
हाम्रा बुबाहरू लडाइँमा मारिए र हाम्रा स्वास्नी, छोरा-छोरीहरू कैदी बनाई लगिएका छन्।
10
“हामीसित अब उसो उहाँ अरू नरिसाऊन् भनी मैले परमप्रभु इस्राएलका परमेश्वरसित एउटा करार बाँध्ने निश्चय गरेको छु।
11
मेरा छोराहरू हो, अब समय व्यर्थमा नफाल। परमप्रभुले तिमीहरूलाई उहाँको सामू धूप बाल्न र मानिसहरूलाई उहाँको आराधनामा अगुवाइ गर्न चुन्नुभएको छ।”
12
[12-14] यी लेवीहरू थिए: कहातीहरूबाट: अमासैका छोरा महत र अजर्याहका छोरा योएल मरारीहरूबाट: अब्दीका छोरा कीश र यहललेलका छोरा अजर्याह गेर्शोनहरूबाट: जिम्माहका छोरा योआ र योआका छोरा अदन एलीजापानहरूबाट: शिम्री र यहीएल आसापहरूबाट: जकरिया र मत्तन्याह हेमानहरूबाट: यहीएल र शिमी यदूतूनहरूबाट: शमायाह र उज्जीएल।
15
यी मानिसहरूले आफ्ना लेवी बन्धुहरूलाई बटुले र तिनीहरू सबै विधिअनुसार शुद्ध भए। त्यसपछि राजाले आज्ञा गरेझैँ तिनीहरूले विधिअनुसार मन्दिरलाई परमप्रभुको नियम बमोजिम शुद्ध गर्न लागे।
16
पूजाहारीहरू मन्दिर पवित्र गर्न भित्र पसे र नियम बमोजिम जति कुरा अशुद्ध थिए ती मन्दिरको आँगनमा निकाले। त्यहाँबाट ती सबै कुरा लेवीहरूले सहरबाहिर किद्रोनको बेँसीमा पुर्याए।
17
पहिलो महिनाको पहिलो दिनमा काम सुरु गरी आठौं दिनसम्ममा मन्दिरका प्रवेश कोठासमेत तिनीहरूले सबै पवित्र पार्ने काम सिध्याए। त्यसपछि मन्दिर आराधना गर्न योग्य बनाउने काममा तिनीहरूले अरू आठ दिन लगाए र सोह्रौं दिनसम्ममा सो काम पूरा गरे।
18
लेवीहरूले हिजकिया राजालाई यस्तो बयान दिए, “हामीले पूरै मन्दिर, होमबलि गर्ने वेदी र पवित्र रोटी राख्ने टेबिल र सबै सर-सामानहरू पनि नियमअनुसार शुद्ध गर्ने काम गरिसक्यौं।
19
आफू अविश्वासयोग्य भएको समयमा आहाज राजाले लगेका सबै सर-सामानहरू पनि हामीले फर्काइल्यायौं र फेरि अर्पण गर्यौं। ती सबै चीजहरू परमप्रभुको वेदीअघि छन्।”
20
भोलिपल्ट बिहान सबेरै हिजकिया राजाले सहरका अगुवाहरूलाई जम्मा गरे र तिनीहरूसित मन्दिरमा गए।
21
राजपरिवारका र यहूदाका मानिसहरूका पाप काट्न बलि चढाउनलाई र मन्दिर पवित्र गर्नलाई तिनीहरूले सात-सात वटा साँढे, भेडा, थुमा र बोकाहरू लगे। राजाले हारूनबाट जन्मेका पूजाहारीहरूलाई ती पशुहरू वेदीमा बलि चढाउने आदेश दिए।
22
पूजाहारीहरूले पहिले साँढेहरू मारे, त्यसपछि भेडा र त्यसपछि थुमाहरू मारे र तिनका रगत वेदीमा छर्के।
23
अन्तमा तिनीहरूले राजा र अरू भक्तहरूकहाँ बोकाहरू लगे र तिनीहरूले आ-आफ्ना हात बोकामाथि राखे।
24
त्यसपछि पूजाहारीहरूले ती बोका मारे र तिनका रगत पाप बलिको लागि चढाउँदै वेदीमा खन्याए। ती पाप बलिले सबै मानिसहरूको पाप काट्थ्यो। राजाले सारा इस्राएलको निम्ति होमबलि र पाप बलि चढाउने आज्ञा दिएका थिए।
25
दाऊद राजालाई परमप्रभुले राजाका अगमवक्ता गाद र नातान अगमवक्ताद्वारा दिनुभएको आदेश हिजकिया राजाले माने। तिनले लेवीहरूलाई वीणा र झ्याम्टा लिन लाएर मन्दिरमा राखे।
26
ती बाजाहरू पहिले दाऊद राजाले चलाएका बाजाजस्तै थिए। पूजाहारीहरू पनि तुरही लिएर त्यहाँ खडा भए।
27
हिजकियाले होमबलि चढाउने आज्ञा दिए र बलि चढाउन थाल्दा मानिसहरूले परमप्रभुलाई प्रशंसा गर्दै गीत गाए र बाजा बजाउनेहरूले तुरही र अरू बाजाहरू बजाए।
28
त्यहाँ भएका सबैले आराधनामा भाग लिए र गीत गाउने र बाजा बजाउनेचाहिँ सबै बलिहरू चढाइ नसकेसम्म चलिरह्यो।
29
त्यसपछि हिजकिया राजा र सारा प्रजाले घुँडा टेकेर परमेश्वरलाई पुजे।
30
राजा र जातिका अगुवाहरूले लेवीहरूलाई दाऊद राजा र आसाप अगमवक्ताले रचेका प्रशंसाका भजनहरू परमप्रभुका निम्ति गाउन आदेश दिए। यसकारण सबैले घुँडा टेक्दै र परमेश्वरलाई पुज्दै ठूलो आनन्दले भजन गाए।
31
हिजकियाले आफ्ना प्रजालाई भने, “अब तिमीहरू नियमअनुसार शुद्ध भएका छौ। परमप्रभुलाई धन्यवादको भेटी चढाउन बलिहरू ल्याओ।” तिनीहरूले राजाका आज्ञापालन गरे र कति जनाले आफ्नै इच्छाले होमबलि चढाउन पशुहरू पनि ल्याए।
32
तिनीहरूले सत्तरी वटा साँढे, एक सय भेडा र दुई सय थुमाहरू परमप्रभुलाई होमबलि चढाउन ल्याए।
33
तिनीहरूले छ सय साँढे र तीन हजार भेडाहरू पनि मानिसहरूले खाऊन् भनी बलिदान चढाउन ल्याए।
34
यी सबै पशुहरू मार्नलाई आवश्क पूजाहारीहरूको सङ्ख्या नपुग्दा लेवीहरूले पनि तिनीहरूलाई सो काम सिध्याउन सघाए। त्यति बेलासम्म अरू धेरै पूजाहारीहरू नियमअनुसार शुद्ध भएका थिए। लेवीहरूले आफैंलाई नियमअनुसार शुद्ध राख्न पूजाहारीभन्दा अझै होशियार रहन्थे।
35
होमबलि चढाउनबाहेक मानिसहरूले खाऊन् भनी चढाइएका बलिदानका बोसो बलि गरी जलाउने र होमबलिसित चढाइएका दाखमद्य वेदीमा खन्याउने कार्यभार पनि पूजाहारीहरूमाथि थियो। यसरी मन्दिरमा आराधनाको सेवा फेरि सुरु भयो।
36
हिजकिया राजा र उनका प्रजा खुसी भए किनभने परमेश्वरले यी सबै काम यति चाँडै गर्न तिनीहरूलाई मद्दत गर्नुभएको थियो।
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 30 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36