bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 11
2 Chronicles 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 12 →
1
जब रहबाम राजा यरूशलेममा आइपुगे, तब उनले यहूदा र बेन्यामीन कुलबाट एक लाख असी हजार सबैभन्दा असल लडाकु सैनिकहरू एकसाथ भेला गरे। युद्ध गरी इस्राएलको उत्तरी भागका कुलहरूमाथि फेरि आफ्नो अधिकार गर्ने तिनको इच्छा थियो।
2
[2-3] तर रहबाम राजा, यहूदा र बेन्यामीन कुलका सारा प्रजालाई यो सन्देश दिन भनी परमप्रभुले शमायाह अगमवक्तालाई आदेश दिनुभयो,
4
“आफ्नै इस्राएली दाजुभाइहरूमाथि हमला नगर। तिमीहरू सबै घर फर्क। जे भयो, त्यो मेरो इच्छाले भएको हो।” तिनीहरूले परमप्रभुका आज्ञापालन गरे र यारोबामसित लडाइँ गर्न गएनन्।
5
रहबाम यरूशलेममा बसे र यहूदा र बेन्यामीनका यी सहरहरूलाई गढी र पर्खालहरू बनाई सुरक्षित बनाए–
6
बेथलेहेम, एताम, तको,
7
बेथ-सर, सोखो, अदुल्लाम,
8
गात, मारेशा, जीप,
9
अदोरेम, लाकीश, आजेका,
10
सोरा, अय्यालोन र हेब्रोन।
11
ती सहरहरू तिनले बलियो गरी सुरक्षित पारे र प्रत्येकमा एक-एक जना राज्यपालहरूलाई खटाए र खानेकुरा, जैतुनको तेल, दाखमद्य
12
ढाल र भालाहरू पनि राखे। यसरी उनले यहूदा र बेन्यामीनलाई आफ्नो अधीनमा राखे।
13
सारा इस्राएल देशबाट पूजाहारी र लेवीहरू दक्षिणतिर यहूदामा आए।
14
लेवीहरूले आफ्ना भेडाका खर्क र अरू जग्गाहरू त्यागेर यहूदा र यरूशलेममा बसाइँ सरे किनभने इस्राएलका राजा यारोबाम र उनीपछिका राजाहरूले तिनीहरूलाई परमप्रभुका पूजाहारी भई उहाँको सेवा गर्न दिएनन्।
15
यारोबामले मूर्तिपूजा गर्ने स्थानहरूमा सेवा गर्न र आफूले बनाएका भूत-प्रेत र साँढेका मूर्तिहरू पुज्न आफ्नै पूजाहारीहरू खटाए।
16
सारा इस्राएली कुलहरूबाट ज-जसले परमप्रभु इस्राएलका परमेश्वरलाई पुज्ने इच्छा हृदयबाट गर्थे, तिनीहरू लेवीहरूलाई पछ्याई परमप्रभु आफ्ना पिता-पुर्खाका परमेश्वरलाई नै बलिदान चढाउने इच्छाले यरूशलेममा गए।
17
त्यसले गर्दा यहूदाको राज्य बलियो भयो र तीन वर्षसम्म तिनीहरू सोलोमनका छोरा रहबामको पछि लागे र दाऊद र सोलोमन राजाहरूका पालामा झैँ उनको शासनमा बसे।
18
रहबामले महलतलाई विवाह गरे। पिता यरीमोत दाऊदका छोरा थिए। उनकी आमा अबीहेल एलीआबकी छोरी र यिशैकी नातिनी थिइन्।
19
तिनीहरूका तीन छोरा भए— येऊश, शमरयाह र साहम।
20
त्यसपछि उनले अब्शालोमकी छोरी माकालाई विवाह गरे र तिनीबाट चार छोराहरू जन्मे— अबिया, अत्तै, जीजा र शलोमीत।
21
रहबामका जम्मा अठार जना बिहाइते र साठी जना ल्याइते स्वास्नीहरू थिए र उनी अट्ठाइस छोरा र साठी छोरीहरूका बुबा भए। आफ्ना स्वास्नी र रखौटीहरूमध्ये उनले माकालाई सबैभन्दा धेरै माया गर्थे
22
अनि तिनीबाट जन्मेका छोरो अबियालाई अरू छोरा-छोरीहरूभन्दा धेरै स्नेह गर्थे र उनलाई आफूपछि राजा हुनलाई चुने।
23
रहबामले बुद्धिमानीसाथ आफ्ना छोराहरूलाई कामका भार दिएर यहूदा र बेन्यामीनका इलाकाहरूमा सुरक्षित पारेका सबै सहरहरूमा राखे। तिनीहरूलाई रहबामले मुट्ठी खोलेर खाद्यान्न इत्यादि दिन्थे र धेरै स्वास्नीहरू पनि ल्याइदिए।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36