bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 26
2 Chronicles 26
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 27 →
1
यहूदाका सबै मानिसहरूले अमस्याहको सोह्र वर्ष पुगेको छोरो उज्जियाहलाई बुबापछि राजा हुनलाई चुने।
2
(अमस्याहको मृत्युपछि उज्जियाहले एलात सहर आफ्नो अधीनमा लिई फेरि बनाएका थिए।)
3
सोह्र वर्षको उमेरमा उज्जियाह राजा भए र यरूशलेममा बाउन्न वर्ष राज्य गरे। उनकी आमा यरूशलेमकी यकोल्याह थिइन्।
4
आफ्ना बुबाको चालमा चलेर उनले परमप्रभुलाई प्रसन्न गराउने काम गरे।
5
उनका धार्मिक विषयका सल्लाहकार जकरिया जीवित रहुञ्जेल उनले विश्वासयोग्यतासाथ परमप्रभुको सेवा गरे र परमेश्वरले उनलाई आशिष् दिनुभयो।
6
उज्जियाहले पलिश्तीहरूसित लडाइँ गरे। उनले गात, यब्ने र अश्दोद सहरका पर्खालहरू भत्काइदिए र अश्दोदको छेउ र बाँकी पलिश्ती देशमा सुरक्षित सहरहरू बसाले।
7
परमेश्वरले उनलाई पलिश्तीहरू, गूर-बालमा बसेका अरबीहरू र मोनीहरूको हार गराउन सहायता गर्नुभयो।
8
अम्मोनीहरूले उज्जियाहलाई राज कर तिर्थे। उनी यति बलिया भए कि उनको कीर्ति मिश्रमा पनि पुग्यो।
9
उज्जियाहले कुना र बेसीका मूल-ढोकाहरू र जहाँनिर पर्खालका कुना परेका थिए, त्यहाँ बुर्जाहरू बनाएर यरूशलेमलाई अझ मजबुत गराए।
10
खुला मैदानमा पनि उनले किल्लाहरू बनाए र धेरै पानीका कुवाहरू खनाए किनभने पश्चिमका डाँडाहरूका फेदीमा र समतल मैदानहरूमा उनका धेरै गाई-वस्तुहरू थिए। उनले खेतीको काम मन पराउँथे र मानिसहरूलाई डाँडा-डाँडामा दाखबारी र मलिला भूमिमा खेतबारी लाउन उत्साह दिन्थे।
11
उनको साथमा लडाइँ गर्न सधैँ तयार रहने एउटा ठूलो सेना थियो। राजाका भारदार हनन्याहका रेख-देखमा यहीएल र मासेयाह सचिवहरूले सेनाका कागज-पत्र राख्थे।
12
दुई हजार छ सय अधिकृतहरूले सेनाको अह्रन-खटन गर्थे।
13
उनका अधीनमा राजाको निम्ति शत्रुहरूका विरुद्धमा राम्ररी लड्न सक्ने ३,०७,५०० सिपाहीहरू थिए।
14
सेनालाई उज्जियाहले ढाल, भाला, फलामेटोप, झिलम, धनु-काँड र घुँयेत्रो हान्ने ढुङ्गाहरू दिन्थे।
15
यरूशलेममा राजाका नयाँ-नयाँ यन्त्रहरू बनाउने कर्मचारीहरूले काँड र ठूल्ठूला ढुङ्गाहरू किल्ला र सहरका पर्खालका कुना-कुनाबाट हान्नलाई नयाँ किसिमका अस्त्रहरू बनाउँथे। उनको कीर्ति सबैतिर फैलियो र परमेश्वरबाट सहायता पाएकोले उनी औधी शक्तिशाली भए।
16
तर शक्तिशाली भएपछि उज्जियाह राजा अहङ्कारी भए। त्यसैले उनको पतन गरायो। उनले मन्दिरभित्र धूप वेदीमा धूप बाल्न पसेर परमेश्वरको तिरस्कार गरे।
17
[17-18] राजाको सामना गर्न असी जना बलिया र आँटिला पूजाहारीहरूसाथ लिएर पूजाहारी अजर्याह राजाको पछिपछि गए। तिनीहरूले भने, “उज्जियाह! परमप्रभुलाई धूप बाल्ने तपाईंको केही अधिकार छैन। हारूनबाट जन्मेका पूजाहारीहरू मात्र यस कामको निम्ति अभिषेक गरिएका छन्। यो पवित्रस्थानबाट जानुहोस्। तपाईंले विश्वासघात गर्नुभएको छ, अब परमेश्वरको आशिष् तपाईंले पाउनुहुन्न।”
19
उज्जियाह हातमा एउटा धूपदानी लिएर मन्दिरभित्र धूप वेदीको छेउमा उभिरहेका थिए। उनी पूजाहारीहरूसित रिसाए। त्यतिखेरै उनको निधारमा डरलाग्दो कुष्ठरोग निस्क्यो।
20
अजर्याह र अरू पूजाहारीहरूले भयभीत भएर राजाको निधारमा एकोहोरो भएर हेरे र उनलाई मन्दिरबाट बिदा हुन कर लाए। उनी हतारसाथ बाहिर निस्के किनभने परमप्रभुले उनलाई दण्ड दिनुभएको थियो।
21
बाँकी जीवनभरि त्यस रोगले गर्दा उज्जियाह राजा विधिअनुसार अशुद्ध भए। मन्दिरभित्र फेरि पस्न नसक्ने भएर उनी आफ्नै भवनमा बस्थे। राज्यका सबै काम-काज उनका हातबाट खोसियो र उनका छोरा योतामले देशको शासन चलाउँथे।
22
उज्जियाह राजाले आफ्नो शासनकालमा गरेका सबै काम कुराबारे आमोजको छोरो यशैया अगमवक्ताले लेखेका छन्।
23
उज्जियाह मरे र राजाहरू गाड्ने चिहानको नजिकै गाडिए। तर उनको रोगको कारणले उनको लाश राजाहरू गाड्ने चिहानमा राखिएन। त्यसपछि उनका छोरा योताम राजा भए।
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 27 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36