bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Chronicles 9
2 Chronicles 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 10 →
1
सोलोमन राजाको कीर्ति शेबाकी रानीले सुनिन् र कठिन प्रश्नहरूले उनको जाँच गर्न तिनी यरूशलेममा आइन्। तिनले आफूसित नोकर-चाकरका एक हुल र मसला, बहुमूल्य रत्न र धेरै सुनका भारी लादेका ऊँटहरू लिएर आइन्। तिनले सोलोमनलाई भेटिन् र आफ्ना मनमा भएका सबै प्रश्नहरू सोधिन्।
2
सोलोमनले तिनका सबै प्रश्नहरूका उत्तर दिए, कुनै प्रश्न तिनको निम्ति कठिन थिएन।
3
शेबाकी रानीले सोलोमनका बुद्धिका कुराहरू सुनिन् र सोलोमनले बनाएका महल तिनले हेरिन्।
4
तिनले राजाका टेबिलको भोजन, भारदारहरूका बस्ने घर, राजमहलका कर्मचारीहरू र तिनीहरूले लाएका पोशाक, भोजको बेलामा उनका सेवा गर्ने चाकरहरू, उनका पोशाक र उनले मन्दिरमा चढाएका बलिदानहरू देखिन्। तिनी छक्क परिन् र तिनको सास रोकिएजस्तो भयो।
5
तिनले राजालाई भनिन्, “तपाईं र तपाईंको बुद्धिबारे मैले आफ्नो देशमा जे सुनेको थिएँ, ती सत्य रहेछन्!
6
तर आफैं आई ती आफ्नै आँखाले नदेखेसम्म मैले विश्वास गर्न सकेकी थिइनँ। तपाईंको बुद्धिबारे मैले त आधा पनि सुनेको रहेनछु। मानिसहरूले भनेकोभन्दा तपाईं धेरै बुद्धिमान् हुनुहुन्छ।
7
तपाईंको छेउमा सधैँ हाजिर रहने र तपाईंको बुद्धिका कुरा सुन्ने सौभाग्य पाउने तपाईंको चाकर कति भाग्यमानी छन्!
8
परमप्रभु आफ्ना परमेश्वरको प्रशंसा गर्नुहोस्! उहाँ तपाईंसँग कति प्रसन्न हुनुहुन्छ, त्यो तपाईंलाई राजा बनाएर आफ्नो नाममा शासन गर्न लाउनुभएर देखाउनुभएको छ। उहाँले इस्राएलीहरूलाई प्रेम गर्नुहुन्छ र सदैव तिनीहरूको रक्षा गर्न चाहनुहुन्छ। यसैकारण तपाईंद्वारा कानुन र न्याय कार्यमा राखिऊन् भनी उहाँले तपाईंलाई तिनीहरूका राजा बनाउनुभएको हो।”
9
आफूले ल्याएका उपहार तिनले सोलोमन राजालाई टक्र्याइन्; चार हजार किलोग्रामभन्दा बढी सुन र धेरै मात्रामा मसला र अमूल्य रत्नहरू। शेबाकी रानीले सोलोमन राजालाई दिएको मसलाभन्दा बढी असल मसला अरू थिएन।
10
(ओपीरबाट सुन लिएर आउने हीराम र सोलोमन राजाहरूका मानिसहरूले त्यहाँबाट चन्दन र अमूल्य रत्नहरू पनि ल्याए।
11
ती काठबाट सोलोमनले मन्दिर र महलका सिँढीहरू र गाउने-बजाउनेहरूका वीणा र सारङ्गीहरू बनाए। त्यस्ता कुराहरू अघि कहिल्यै यहूदा देशमा देखिएका थिएनन्।)
12
शेबाकी रानीले मागेका सबै थोक सोलोमन राजाले तिनलाई दिए। रानीले आफूलाई टक्र्याइएका उपहारहरूको सट्टामा आफूले तिनलाई दिएका उपहारहरूका सट्टामा ती थोक सोलोमनले तिनलाई दिएका थिए। त्यसपछि तिनी आफ्ना नोकर-चाकरहरूका साथमा आफ्नो देश शेबामा फर्किन्।
13
हरेक वर्ष सोलोमन राजाले प्राय— तेईस हजार किलोग्राम सुन पाउँथे।
14
त्यस बाहेक उनले व्यापारीहरूबाट महसुल पाउँथे। अरबी राजाहरू र इस्राएली प्रादेशिक बडा-हाकिमहरूले उनलाई सुन र चाँदीका कर टक्र्याउँथे।
15
सोलोमनले दुई सय ठूल्ठूला ढालहरू बनाए र प्रत्येक ढाललाई प्राय: सात-सात किलोग्राम सुन पिटेर मोहोरे।
16
उनले अरू तीन सय स-साना ढालहरू बनाएर त्यसलाई प्राय तीन-तीन किलोग्राम पिटेको सुनले मोहोरे। ती सबै ढालहरू उनले “लेबनानको जङ्गलको भवनमा” राखे।
17
राजाले एउटा ठूलो सिंहासन पनि बनाउन लगाए। त्यसको केही भाग हस्ती-हाडले ढाकेको थियो र बाँकी भाग निखुर सुनले मोहोरेका थिए।
18
सिंहासन उक्लने खुट्किलाहरू छ वटा थिए र त्योसित एउटा सुनले मोहोरेको पाउ राख्ने पिर्का जोडिएको थियो। सिंहासनको दुई बगलमा हात अडाउने बाहु थिए र त्यसका छेउमा सिंहका मूर्तिहरू खडा थिए।
19
छ वटा खुट्किलाका दुवैपट्टि एकएक वटा गरी जम्मा १२ वटा सिंहका मूर्तिहरू थिए। यस प्रकारको सिंहासन कुनै देशमा कहिल्यै बनिएको थिएन।
20
सोलोमनको पिउने कचौराहरू सबै सुनले बनेका थिए, लेबनानको जङ्गलको कोठामा भएका भाँडा-कुँडाहरू निखुर सुनका थिए। सोलोमनको समयमा चाँदीको केही मोल थिएन।
21
उनका समुद्री जहाजहरूको एक बेडा थियो, जसले हीराम राजाका जहाजको बेडासित यात्रा गर्थ्यो। तीन वर्षमा एकपल्ट उनका जहाजहरू सुन, चाँदी, हस्ती-हाड, ठूला र साना बाँदरहरू लिएर फर्कन्थे।
22
सोलोमन राजा संसारका अरू राजाभन्दा धेरै धनी र ज्ञानी थिए।
23
ती राजाहरू सबैले सोलोमनसित सल्लाह लिन्थे र उनलाई परमेश्वरले दिनुभएको बुद्धिका कुरा सुन्न चाहन्थे।
24
सोलोमनकहाँ आउने प्रत्येक व्यक्तिले सुन वा चाँदीका चीज, लत्ता-कपडा, हात-हतियार, मसला, घोडा र खच्चरहरू वा केही न केही कोसेली लिएर आउँथे। वर्षैपिच्छे त्यसो हुन्थ्यो।
25
सोलोमन राजाका रथ र घोडाहरू राख्ने चार हजार तबेलाहरू थिए र घोडचढी सेनाका लागि बाह्र हजार घोडाहरू थिए। तीमध्ये केही उनले यरूशलेममा राख्थे र बाँकी अरू विभिन्न सहरहरूमा पठाएका थिए।
26
यूफ्रेटिस नदीबाट लिएर पलिश्त देश र मिश्रका सिमानासम्मका इलाकामा उनी सबै राजाहरूमाथिका सर्वोच्च राजा थिए।
27
उनको राज्यकालमा यरूशलेममा चाँदी ढुङ्गासरह थियो र देवदारु नेभाराका रूखसरह यहूदाका पहाडका फेदीमा छेलोखेलो पाइन्थे।
28
सोलोमनले मिश्र र अरू सबै देशबाट घोडाहरू पैठारी गर्थे।
29
सोलोमन राजाका बाँकी घटना सुरुदेखि अन्त्यसम्म नातान अगमवक्ताको इतिहासमा र शीलोका अहियाहका अगमवाणी र अगमवक्ता इद्दोका दर्शनका पुस्तकहरूमा लेखिएको छ। इद्दोका पुस्तकमा इस्राएलका राजा यारोबामको शासनबारे पनि लेखिएको छ।
30
चालीस वर्ष इस्राएलमाथि सोलोमनले यरूशलेमबाट राज्य गरे।
31
उनी मरे र दाऊदको सहरमा गाडिए। उनीपछि उनका छोरा रहबाम राजा भए।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36